You are viewing the translated version of छुट्टै खाता खोल्नु पर्ने.

Rule 9
छुट्टै खाता खोल्नु पर्ने
(१) नियम ८ बमोजिम कोषबाट निकासा प्राप्त भएको रकम जिल्ला अदालतले आफ्नो नाममा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित 'क' वर्गको कुनै बाणिज्य बैङ्कमा छुट्टै खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन जिल्ला अदालतको श्रेस्तेदार र लेखा शाखामा काम गर्ने मुख्य कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।